विराटनगरको गुद्री आसपासमा मासुपसल अनुगमन, अनुगमन हुने थाहा पाएपछि अधिकांश पसल बन्द

असोज ९, विराटनगर ।  विराटनगरको गुद्री आसपासका मासु पसलहरुमा अनुगमन गरेका छन् ।  बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलयका कार्यलय प्रमुख हिमालय बराल, जिल्ला प्रशासन कार्यलय मोरङका प्रशासकीय प्रमुख डम्वरु बल्लब बराल, नापतौल तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यलय प्रतिनिधि र सञ्चारकर्मीहरुसमेतको टोलीले बुधबार गुद्री आसपासका मासु पसलहरुको अनुगमन गरेका हुन् ।     

नजिकिदै गरेको दशैं, तिहार साथै छैठ पर्वमा आमा उपभोक्ताहरुले ताजा, सफा र शुद्ध माछा तथा मासु उचित मूल्यमा किनेर उपभोक्ताहरुले खरिद गर्न पाउन भन्ने उद्देश्यले बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यलय मोरङका प्रशासकीय अधिकृत डम्मरु बल्भव बराले बताए ।   

अन्य  समय अधिकांश मासु पसल खुल्ला रहने र झुण्डाएको अवस्थामा भेटिने व्यस्त बजारमा  अनुगमन टोली प्रवेश गनुपूर्व  कतिपय मासु पसल बन्द रहेको थियो । खुल्ला रहेका करिब १५ वटा माछा मासुका पसलहरुमा अनुगमन हुँदा पसलमा मूल्य सूची नराखिएका, प्रमाण पत्र नभएको र भएकाहरुको पनि नविकरण नगरिएको भेटिएका थिए ।   

null

अधिकांशले मासु डी फ्रिजमा राखिएको थियो । उपभोक्तालाई उचित मूल्यमा र गुणस्तरीय सामान विक्रि हुनुपर्ने र  बजारलाई नियन्त्रण गर्न जरुरी भएको कारण बजार अनुगमन गर्न जरुरी रहेको आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यलय प्रमुख हिमाय बरालले बताए । 

विराटनगर १२ का उपभोक्ता प्रमिला अर्याल भन्छिन्, ‘अनुगमन महिनामा २ देखि ३ पटक हुन पर्दछ  । जब चाडबाड नजिकिन्छ अनि अनुगमन गरेर ब्यापारीरुले केही दिन समान राम्रो बेचे पनि केही दिनपछि पुनः गुणस्तरहिन सामान बेच्न सुरु गर्छन्’ अर्का विराटनगर ८ का मधु धितालको पनि भनाई त्यस्तै छ । उनी भन्छिन्, ‘अनुगमन भएको अत्यन्तै राम्रो हो । हामी उपभोक्ताहरुका लागि गुणस्तरय र उचित मापदण्डमा समान उपभोग गर्न पाउँछौ ।  तर, चाँडवाडमा मात्र हुने अनुगमनले खासै व्यवसायीहरुमा  सुधार आउँदैन ।   

केही दिन अगाडि महानगरपालिका विराटनगरले पनि माछा, मासु पसलमा अनुगमन गरेको र माप दण्ड पनि तोकिसकेको साथै सरसफाई जस्ता कुरामा व्यवसायीले ध्यान दिनुपर्ने र खुल्ला ठाँउमा, झुण्डाएर मासु विक्रिमा नराख्ने जस्ता अभिमुखी तालिम पनि दिएको विराटनगर महानगरपालिकाका प्रशासकीय प्रमुख एकदेव अधिकारीले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *