प्रधानमन्त्रीको भ्रमणमा नेपाल–भियतनाम हवाई सम्झौता हुने

 

बैशाख २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल–भियतनाम भ्रमणमा हवाई सम्झौता हुने भएको छ । 

प्रधानमन्त्री ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा हवाई सम्झौता हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । ‘आर्थिक पावर हाउस’ का रुपमा उदाएको भियतनामसँग सिधा हवाई सम्पर्क जोडिएपछि नेपालको अन्तर्रा्ष्ट्रिय व्यापार फराकिलो बन्ने उनको भनाई छ । 

null

यसअघि २० अक्टोबर २०१५ मा नेपाल–भियतनामबीच सिधा हवाई उडान गर्नेबारे प्रारम्भिक हस्ताक्षर भएको थियो । 

यस्तै भियतनामको ५ दिने भ्रमणमा रहँदा प्रधानमन्त्री त्यहाँ आयोजित बुद्ध सम्मेलनमा सहभागी हुने जानकारी दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले यसले त्यहाँका बुद्धधर्मावालम्बी नेपाल आउन सहज वातावरण बनाउने र नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताए । 

प्रधानमन्त्री ओलीले भियतनाममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओली बैशाख २६ गतेदेखि ३० गतेसम्म भियतनाम र ३० देखि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमणमा जाँदैछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *