यस्तो देखियो बन्दै गरेको धरहरा (५ तस्विर)

फागुन २६, काठमाडौं । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२ मा महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप सुन्धारामा ११ तले धरहरा निर्माण गरे । वि.सं. १९९० साल माघ २ मा आएको भूकम्पले भत्काएपछि पुनर्निर्माणका क्रममा ९ तले बनाइयो । पुनः २०७२ साल, वैशाख १२ गते आएको भूकम्पले ऐतिहासिक धरहरा भत्कायो । अहिले धमाधम पुनर्निमाणको काम चलिरहेको छ ।  

भूकम्प गएको तीन वर्षपछि दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनर्निर्माण सुरु गरेको हो । लगभग ४०/५० प्रतिशत काम सकिएको छ भने ७५ करोड भन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । निर्माणको लागि तीन अर्ब ४८ करोड रुपैयाँ लाग्ने जनाइएको छ । 

धरहरा पुनर्निर्माणका लागि गएको पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । 

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुई वटा लिफ्ट पनि हुनेछ । एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ दुई वटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।  

नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसल लगायत रहनेछन् । धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतको सुविधा हुनेछन् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *