भाजपाको महिला मोर्चाकी नेतृद्वारा मुसलमान महिलामाथि सामूहिक बलात्कारकाे आह्वान
असार १७, भारत । उत्तर प्रदेशको रामकोलाकी भाजपाको महिला मोर्चाकी एक नेतृ सुनीता सिंह गौडलाई मुसलमान विरोधी फेसबुक पोस्ट गरेको आरोपमा पदबाट हटाइएको छ ।
केही दिन पहिले उनले फेसबुकमा हिन्दू पुरुषहरुलाई मुसलमानका घरमा पसेर त्यहाँ रहेका महिलालाई बलात्कार गर्न आह्वान गरेकी थिइन् ।
null
गौडको फेसबुक पोस्टमा लेखिएको छ, ‘अब एउटै उपाय बाँकी रहेको छ । १० हिन्दू भाई एकसाथ मिलेर तिनका बहिनी र तिनका आमालाई खुल्ला सकडमा बलात्कार गरुन् । त्यसपछि तिनलाई घाइते बनाएर बीच बजारको खम्बामा टाङ्ग दिउन् । ढुङ्गाको बदला ढुङ्गाले दिनुपर्छ ।’
मुसलमान पुरुषबाट हिन्दू महिलाको बलात्कार भइरहेको र त्यसको समाधानको उपाय उनले यो मात्र देखेको लेखेकी छिन् ।
भारतीय युट्युव न्युज पोर्टल लल्लनटपको रिपोर्ट अनुसार, ‘गौडको पोस्ट हाल फेसबुकबाट हटाइएको छ । तर पोस्टको स्क्रिनसट भने समाजिक सञ्जालमा भाइरल बनेको छ ।
भाजपा महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष विजया राहत्करले गौडको पोस्टबारे प्रतिक्रिया दिएकी छिन् । विजयाले ट्वीट गर्दै यस प्रकारको ‘घृणित टिप्पणी’ सह्य नहुने र गौडलाई निष्कासित गरेको बताएकी छिन् ।
पत्रकारलाई बाँडिएको विज्ञप्ती अनुसार गौडलाई जुन २७ मा पदबाट हटाइएको छ । एजेन्सी