म अर्धपागल भएर विद्रोहमा गएको हुँः प्रचण्ड

 

साउन २६, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले युद्धको नेतृत्व गरेतापनि कसैको हत्या नगरेको बताएका छन् । 

शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्ध संग्रह लोकार्पण गर्दै उनले हिंसात्मक सङ्घर्षको अगुवाइ गरेपनि आफूले एकजनाको पनि हत्या नगरेको बताएका हुन् । 

null

‘म साहित्यिक हृदयको भएको मान्छे हुँ । युद्धको नेतृत्व गरेको भएपनि मेरो यही प्रवृत्तिका कारण आजसम्म मैँले कसैलाई एक लपेटो हानेको पनि छैन, खाएको पनि छैन,’ अध्यक्ष दाहालले भने । 

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सामाजिक विकृति र विसंगति सहन नसकेर आफू विद्रोहमा गएको पनि कार्यक्रममा स्पष्ट पारे । उनले भने, ‘म झण्डैँ झण्डैँ अर्धपागल भएर विद्रोहमा गएको हुँ । सबै बेथिति र विसंगति सहन नसक्ने भएपछि विद्रोहमा लागेको हुँ। तर हिंसात्मक गतिविधिमा म सहभागी थिइनँ । मैँले एक जनाको पनि हत्या गरेको छैन ।’ 

आजभोलि केही मानिसहरुले आफूलाई बढी हिंस्रक मान्छे र अपराधि जस्तो व्यवहार गरेको उनको गुनासो छ । अध्यक्ष प्रचण्डले राजतन्त्र विरुद्धको आन्दोलनदेखि संविधान निर्माणसम्म सबै दल मिलेर अगाडि बढेको पनि उनले स्मरण गरे । अबका दिनमा पनि मिलेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *