बामदेव गौतमको फरक मतले पार्टीमा प्रभाव पार्दैनः विष्णु पौडेल

 

पुष १, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले पार्टीको स्थायी समिति बैठकमा बामदेव गाैतमले पेश गरेको फरक मतको प्रतिवेदनले पार्टीलाई कुनै असर नपर्ने बताएका छन् । 

शनिबार बसेको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सही नभएको भन्दै बामदेवले पेश गरेको फरक मतले फरक नपर्ने बताएका हुन् । 

null

उनले कोही नेताले आफ्नो विचार प्रस्तुत गर्दैमा त्यसलाई फरक विचार भन्न नमिल्ने बताए । 

नेपाली बहस कार्यक्रममा कुरा गर्दै पौडेलले भने, ‘अध्यक्षद्धयले प्रस्तुत गरेको प्रतिवेदन अध्ययन नै नगरी गौतमले अर्को प्रतिवेदन गर्नुको औचित्य छैन । उहाँले मनमा लागेको कुरा राख्नुभएको हो । यसले कुनै प्रभाव पार्दैन ।’ 

पौडेलले सरकारले प्रभावकारी रुपमा काम गरिरहेको जिकिर गर्दै शक्तिशाली सरकारलाई साना तिना आक्रमणले प्रभाव नपार्ने दाबी गरे । 

महासचिव पौडेलले पार्टीभित्र भएका छलफल र बहसलाई विवादको रुपमा प्रचार नगर्न आग्रह पनि गरे । 

शनिबारको पार्टीको स्थायी समिति बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले आफ्नो तर्फबाट छुट्टै प्रतिवेदन पेश गर्दै अहिलेको तरिकाले सरकार चले त्यसले आगामी निर्वाचनमा नेकपालाई गम्भिर धक्का लाग्ने बताएका थिए । 

पार्टी स्थायी कमिटीमा नेता गौतमले दुई तिहाई बहुमतको सरकार आफैंलाई च्याप्न थालेको उल्लेख गरेका छन् । 

पार्टी र सरकारलाई गम्भिर ढंगले अगाडि बढाउन र सिंगो पार्टी पंक्तिको ध्यानकर्षणका लागि दस्तावेज पेश गरेको नेता गौतमले बताएका छन् । 

सरकारको गतिहिनता साथै पार्टीमा संगठनात्मक शुन्यताले ७ लाख पार्टी सदस्य शुभचिन्तकमा कुण्ठा, निराशा र हतोत्साह देखा पर्न थालेको नेता गौतमको भनाई छ । पार्टीले कार्यकर्तालाई अलपत्र पारेको गौतमको प्रतिवेदनमा छ । 

नेकपाले राष्ट्रमा समृद्धि कायम गर्छ भन्ने बहुसंख्यक जनताको आशा निराशामा परिणत भएको बताए । 

’सरकारले आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरे पछि चारैतिर निराशा छाउन थाल्यो । अहिलेसम्म सरकार र पार्टीका जिम्मेवार नेताहरुका गतिविधिहरुले जनतामा निराशा झन् बढ्न थालेको छ’, बामदेवले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *