लिभरपुल शीर्ष स्थानमा, मानेको दुई गोल

एजेन्सी । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ । शनिबार भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई ४ – १ ले हराएको हो । 

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले २ गोल गरे । यस्तै सेरडान शाकिरी र मोहमद सलाहले एक एक गोल गरे । कार्डिफका कल्लुम पाटरसनले एक गोल फर्काए । 

 

null

एनफिल्डमा खेलको १० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता २ – ० को बनाए । 

खेलको ७७ औं मिनेटमा कार्डिफका पाटरसनले गोल गर्दै खेल २ – १ मा ल्याए । तर, ८४ औं मिनेटमा शाकिरीले गोल गर्दै लिभरपुललाई ३ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४ – १ को सहज जित दिलाए । 

 

जितसंगै लिभरपुलले शीर्ष स्थानको अग्रता ३ अंकको बनाएको छ । लिभरपुलको १० खेलबाट २६ अंक छ । ९ खेलबाट २३ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । पराजित कार्डिफ ५ अंक जोडेर १७ औं स्थानमा छ । 

प्रिमियर लिग अन्तर्गत शनिबार वाट्फोर्डले हडर्सफिल्ड टाउनलाई ३ – ० ले पराजित गर्दा बर्नेमाउथले पनि फुलहमलाई ३ – ० ले नै पराजित गरेको छ । यस्तै ब्राइटनले वुल्भ्सलाई १ – ० ले हराउदा साउथह्याम्पटन र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *