बलिउड प्रियंकाकाे सिकाईन् जिवन जिउँने पाँच तरिका
असार १ । बलिउड अभिनेत्री प्रियंका चोपडा आगामी फिल्म ‘द स्काई इज पिंक’को प्रमोशनमा व्यस्त छिन् । उनले सामाजिक सञ्जाल मार्फत फिल्मको प्रचार गरिरहेकी छिन् ।
प्रियंका धेरैजसो श्रीमान निक जोनससँग आफ्नो फोटो पोस्ट गरिरहेकी हुन्छिन् । उनले हालै एक भिडियो पोस्ट गरेकी छन् । उक्त भिडियोमा उनले रमाइलो पारामा जीवन जिउने तरिका बताएकी छन् । उनले भिडियोको सुरुवातमा भनिन्, ‘नमस्ते प्रियंका चोपडासँग जीवनको अध्यायमा तपाईलाई स्वागत छ ।’ त्यसपछि उनले राम्रो जीवन जिउने पाँच तरिका बताइन् ।
null
उनले पहिलो तरिका खुलाउँदै भनिन्, ‘आफ्नो अपेक्षा ठूलो बनाउनु ।’ जिन्दगी जिउने दोस्रो तरिका भन्दै उनले भनिन्, ‘ढाकछोप गर्नको लागि केहि नराख्नु ।’ तेस्रो टिप्समा उनले भनिन्, ‘सरी, नट सरी ।’ चौथो तरिका, थोरै होहल्ला गर्नुस् । र पाँचौमा उनले भनिन्, ‘विवादलाई समाधान गर्नुस् ।’
प्रियंकाको फिल्म ‘द स्काई इज पिंक’ अक्टोबर ११ मा प्रर्दशन हुँदैछ । सानाली बोसले निर्देशन गरेको फिल्ममा प्रियंकासँगै फरहान अख्तर र जायरा वसीमको मुख्य भुमिका रहेको छ । एजेन्सी