साउनको रमझम– फेसन कि संकृति: हरियो चुरा, पोते र मेहन्दीको व्यापार बढ्यो, भाउ महंगो

 

श्रवण १, काठमाडाैँ । हिन्दु नारीहरुका लागि बिशेष महिना साउन शुरु भएलगतैै कस्मेटिक पसल तथा चुरा पसलहरुमा मेहेन्दी, हरियो पहेलो चुरा लगाउनेको भिड बढेको छ । 

हरियाे चुरा लगाउनुका धार्मिक एवं संस्कृतिका महत्व थाहा नभएकाहरु समेतको बाक्लो भिड लागेको छ । अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरु प्राय त्यही चिजमा झुमिन्छन । त्यसैलाई मध्यनजर गर्दै साउन महिना शुरुभए लगतै विगत जस्तै यसपाली पनि काठमाडौ सहित देभैभरका चुरा पसलहरु हरिया चुरा र पोतेले भरी भराउ देखिएका छन् । 

null

 

चुरा पसलहरुमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा समेत चुरा मेहन्दी बेच्न राखिएको देख्न सकिन्छ । काठमाडौको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असनका सडक किनारादेखि पार्लरसम्म चुरा र मेहेन्दी लाउनेको घुँइचो लागेको छ । यसले होलसेल तथा खुद्रा व्यापारमा हरियो चुराको माग बढेका छन् । 

खुद्रा बजारमा माग बढेपछि होलसेल व्यापारीलाई पनि भ्याइ नभ्याइ छ । असन ईन्द्रचोकमा कस्मेटिक र चुराको होलसेलका संचालक मोतीलाल खान भन्छन्, ‘अहिले त चुरा र मेहन्दीको बाढी नै आए जस्तो भान भएको छ । धेरै माग आएको छ ।’ 

५ रुपैयाँदेखी ५ हजार सम्मका चुरा चाबहिलमा कस्मेटिक पसल खोेलेर बसेकी अन्जना केसीलाई अहिले बिहानदेखि बेलुकीसम्मै फुर्सद छैन । सामान्य रुपमा बजारमा काँचका ४० रुपैयाँ प्रतिदर्जन र मेटलका चुरा १ सयदेखि ५ सय सम्मका चुराहरुको माग बढेको उनी बताउछिन् । उनी भन्छिन–‘साउन महिना त चुरा व्यापारीलाई तिहार जत्तिकै हुन्छ, महिलाहरुको भिड नै लाग्छ । आज सामान ल्यायो भोली सकिन्छ । दिनमा सयौं दर्जनभन्दा बढी चुरा बिक्री भइरहेको छ ।’ बजारमा ५ रुपैयाँ देखी ५ हजार सम्मका चुरा किन्न पाईन्छन् । मेटलका चुराहरु दर्जनको हिसावले भन्दा पनि सेटका हिसावमा बिक्री हुन्छन् । 

 

त्यस्तै बानेश्वरमा व्यूटि पार्लर संचालन गरेर बसेकी आरति भूजेललाई पनि यो महिना फुर्सदै हुदैन । अरु बेला चुरा नबेच्ने गरेको भएपनि साउनमा भने पार्लरमा पनि कस्मेटिक सामान र चुरा विक्रीका लागि राख्ने गरेको बताउंछिन् । पार्लरमा मेहन्दी लगाईदिने र चुरा बेच्ने काममै उनी दिनभर व्यस्त रहने बताउँछिन् । साउनमा हरियो चुराका साथमा रातो र पहेँलो चुरा मात्र भएर पोते, मेहेन्दीहरुको पनि प्रशस्त माग भएको व्यापारीहरु बताउँछन । रातो, पहेँलो, हरियो रंग मिसिएका पोतेहरु र अन्य कस्मेटिकका सामान विशेषगरी किन्न आउने व्यापारीहरुको भनाई छ ।फेसनसंगै महंगो चुरा गत वर्षको तुलनामा यो वर्ष चुराको मूल्यमा दोब्बर वृद्धि भएको छ । गत वर्ष ३० रुपैयाँ प्रतिदर्जन पर्ने काँचको चुरा यो वर्ष ५०/६० रुपैयाँमा बेचेको व्यापारीहरु बताउँछन । नेपालमा चुरा, पोते र मेहेन्दी विशेषगरी भारतबाट ल्याउने गरेको व्यापारीहरु बताउँछन । सामान्य अवस्थामा चुराको माग ठिकै भएपनि साउन, तीज र दशैंका बेला अत्याधिक हुने गरेको छ । 

हरियाे पहिरनमा यसकारण आकर्षण ?साउनमा महिला ब्रत बस्नाले विवाहित नारीले आफ्नो श्रीमानको दीर्घायुको कामना र अविबाहित नारीले असल श्रीमान प्राप्त गर्ने धार्मिक विश्वास छ । 

यसैले यो महिनामा अधिकांश महिलाहरु हात भरि हरिया चुरा, हत्केलामा मेहेन्दी र गलामा हरियो पोते लगाएर हिड्ने गर्छन । आफ्नो पतिको दीर्घायुको कामनासहित साउनको सोमबार नारीहरु शिवजीलाई प्रशन्न बनाउन भन्दै पानी समेत नखाई व्रत बस्ने गर्दछन । 

विवाहित हुन या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागि हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गरेको बताउँछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *