महराको थुनछेक बहस सकिएन, आजपनि हिरासतमै !

कार्तिक १७, काठमाडौं । जबरजस्ती करणी उद्योगकाे मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा आज (आइतबार) पनि हिरासतमै रहने भएका छन् । थुनछेक बहस नसकिएका कारण उनी हिरासतमै रहने भएका हुन् ।   

संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीले बलात्कारको आरोप लगाएपछि गएको असोज १९ गते पक्राउ परेका महराको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ ।   

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासमा सुरु भएको बहसमा आइतबार पूर्वसभामुख महराको तर्फबाट लव मैनाली र भोजप्रसाद आचार्यले बहस गरेका थिए । 

Image result for महरा हिरासतमै

सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा गएको बिहीबार मुद्दा दर्ता गरेको हो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।   

सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो । अन्तिम थप म्याद बिहीबार सकिएपछि शुक्रबार बयान लिइएको हो ।   

बहस जारी नै  रहेका कारण अब सोमबार मात्रै महरा कारागारमै रहने या रिहा हुने भन्नेबारे फैसला हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *