पुष्पलाल चौकमा सिभिल बैंकको नयाँ शाखा विस्तार
असोज ३०, विराटनगर । सिभिल बैंकले विराटनगरको पुष्पलाल चौकमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त शाखाको उद्घाटन गरेको हो ।
सोही अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उदघोष दैनिकका मोहन भण्डारी लगायतले पानसमा दिप प्रज्वलन तथा रिबन काटेर उद्घाटन गरेका थिए ।
शाखाले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण बैकिंग सेवाका साथै ठुला, साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको सिभिल बैंकका प्रदेश प्रमुख सन्तोष बुढाथोकिले बताए ।
शाखा विस्तारको अवसर पारेर बैंकले महिला जागृती तगा वृद्धाश्रमलाई २५ हजारको चेक समेत हस्तान्तरण गरेको थियो ।
पुष्पलाल चौकको शाखा विस्तार सँगै सिभिल बैंकको प्रदेश १ मा २० र नेपालभरीमा ९९ वटा शाखा विस्तार भएको छ ।