ट्रम्पकी छोरी इवाङ्काले विश्वभर यसरी आफ्नै पहिचान बनाएकी छिन्

  

फागुन १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो पहिलो भारत भ्रमणको दौरानमा रहेका छन् । उनको भ्रमण दलमा छोरी इवाङ्का ट्रम्प पनि सहभागी छिन् । राष्ट्रपति ट्रम्पको भ्रमण दलकी सदस्य इवाङ्का अहिले विश्वभरका मिडियामा चर्चामा रहेकी छिन् । 

निजी स्कुलमा अध्ययन गरेर आएकी इवाङ्का बहुमुखी प्रतिभाकी धनी छिन् । उनी मोडलिङ, टेलिभिजन प्रस्तोता, व्यापार, सामाजिक सेवा लगायतका क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाएकी महिला हुन् । आउनुहोस् उनै ट्रम्प पुत्री इवाङ्काकाबारेमा केही कुरा जान्ने प्रयास गरौं । 

बाल्यकालमा उनको नाम इवाङ्का थिएन   

डोनाल्ड ट्रम्पकी छोरीको नाम बाल्यकालमा इवाङ्का थिएन । बाल्यकालमा उनको नाम इवाना थियो । जुन नाम उनकी आमासँग जोडिएर राखिएको थियो । पछि उनको नाम इवाङ्का ट्रम्प बन्न पुग्यो । इवाङ्का डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इवानाबाट जन्मिएकी दोश्रो सन्तान हुन् । इवाङ्काको जन्म सन् १९८१ अक्टोबर ३० मा न्युयोर्क शहरमा भएको थियो ।   

मोडलिङबाट टेलिभिजनमा प्रवेश, त्यसपछि व्यापारी   

इवाङ्काको शुरुवाती शिक्षा म्यानहट्टनस्थित प्राथमिक स्कुलबाट सुरु भएको थियो । त्यसपछि उनी निजी स्कुल(बोर्डिङ) मा भर्ना भएकी थिइन् । यहीँबाट उनको मोडलिङको यात्रा सुरु भएको थियो । त्यो यात्रासँगै उनले टेलिभिजन कार्यक्रमहरुमा आफ्नो प्रभाव जमाउन थालिन् । 

विभिन्न रियालिटी सोहरुको जजको भूमिकामा रहने र टिभी सिरियलहरुमा समेत इवाङका देखिन थालिन् । केही वर्ष टेलिभिजन इन्डष्ट्रीमा जमेकी उनी पछि व्यापारिक क्षेत्रमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनले व्यापारिक क्षेत्रबाटै आफ्नो पहिचान स्थापित गरेकी थिइन् । इवाङ्काले व्हार्टन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन पुरा गरेकी छिन् । 

जब इवाङकाले बदल्नुपर्यो आफ्नो धर्म   

इवाङ्काले जब विवाह गरिन्, त्यसपछि उनले आफ्नो धर्म बदल्नुपरेको थियो । जेरेड कुशनरसँग वैवाहिक सम्बन्धमा गाँसिएकी इवाङ्काले धर्म परिवर्तन गर्ने कदमप्रति बावु डोनाल्ड ट्रम्प खुसी थिएनन् । डोनाल्ड ट्रम्पले त्यसबेला असन्तुष्टि पोख्दै प्रश्न गरेका थिए । मेरी छोरीले विवाह गर्नासाथ किन धर्म परिवर्तन गर्नु ? यो जरुरी किन पर्यो ? तर इवाङ्काले धर्म परिवर्तन गनुपर्यो नै । इवाङ्काका पति कुशनर यहुदी हुन् । 

विवाहपछि इवाङ्का पनि इसाई धर्म छाडेर यहुदी भइन् । यी दुवैको विवाह सन् २००९ मा भएको थियो । इवाङ्का अहिले ३ बच्चाकी आमा हुन् । उनले यसअघि दक्षिण एसियाका भारत लगायतका देशहरुको भ्रमण गरिसकेकी छिन् । 

अमेरिकामा व्यापारिक साम्राज्य खडा गरिन्   

इवाङ्काले सन् २००५ मा फेमेली विजनेश ज्वाइन गरेकी थिइन् । जहाँ उनलाई ट्रम्प अर्गनाइजेशनले विकास र अधिग्रहण विभाग हेर्नेगरी भाइस प्रसिडेन्टको जिम्मेवारी दिएको थियो । त्यसको केही वर्षपछि सन् २००७ सालमा उनले कम्पनीलाई डाइनेमिक डाइमन्डसँगको पाटनरसिपमा जोड्न सफल भएकी थिइन् । 

त्यसपछि उनी सफल व्यापारी महिलाको उचाईमा पुगिन् । सन् २०१२ डिसेम्बरमा इवाङ्का छानिएर आउने सयजना महिलाहरुको नेतृत्व रहने हेज कोषको बोर्ड सदस्यमा चयन भएकी थिइन् । यो सफल व्यावसायी महिलाहरु छानिएर नेतृत्वमा पुग्ने प्रतिष्ठित संस्था हो । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *