सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता
साउन २, काठमाडाैँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लि बीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेज लि का तर्फबाट उक्त कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् ।
null
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकले नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज लि मार्फत सहज तथा सरल रुपमा परामर्श प्राप्त गर्न सक्नेछन् ।
यस सेवा अन्तर्गत ग्राहकले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरेकाे बैंकले जानकारी गराएकाे छ ।