संसदमा आर्थिक वर्ष ०७६/०७७ को बजेट प्रस्तुत हुँदै

 

जेठ १५, काठमाडाैँ । आर्थिक वर्ष ०७६/०७७ का लागि अहिले सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संसदमा बजेट प्रस्तुत गर्दैछन् । 

सरकारले आगामी आर्थिक वर्षमा दुई अंकको आर्थिक बृद्धिदर हुने बजेट तयार पारेको बताएको छ । सार्वजनिक सेवाको प्रभावकारीता, सामुहिक लगानीलाई विषेश प्राथमिकता दिइएको छ । 

null

१५ औं योजनालाई प्राथमिकतामा राखिएको छ । चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक बृद्धिदर भएको सरकारको दावि छ । बैदेशिक ब्यापारमा उच्च असन्तुलन, निर्माण सामग्री आयातमा बृद्धि हुँदा अन्तराष्ट्रिय ब्यापार घाटा बढेको सरकारको भनाई छ । 

बैंकिङ सेवा र विमा सेवामा १४ प्रतिशतबाट बृद्धि भइ जनसंख्याको १८ प्रतिशतमा पुगेको छ। चालु आर्थिक वर्ष ०७५/०७६ कुल सरकारी खर्च विनियोजनको तुलनामा ९१.८ प्रतिशत अर्थात १२ खर्ब ७ अर्ब १५ करोड हुने संसोधित अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *