काष्ठमण्डप पुनर्निर्माणमा महानगरले थप ५ करोड दिने

माघ ९, काठमाडौं । भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि बजेको कमि देखिएपछि काठमाडौं महानगरपालिकाले थप ५ करोड रुपैयाँ बजेट दिने भएको छ । 

महानगरले यस अघि ५ करोड ५० लाख रुपैयाँ समितिलाई दिइसकेको छ भने अझै बजेट अभाब देखिएपछि  थप ५ करोड रुपैयाँ दिन लागेको हो । 

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त रकम बिहीबार पुनर्निर्माण समितिलाई हस्तान्तरण गरिने जानकारी दिए । काष्ठमण्डप पुनर्निर्माणका लागि वागमति प्रदेशका प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षमा उपभोक्ता समिति बनाइएको थियो । शाक्य नेतृत्वको समितिले अहिले पुननिर्माणको काम गरिरहेको छ । 

२ वर्षमा पुर्ननिर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७५ वैशाख ३१ मा काम शुरु भएको थियो । पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिए पनि काठ अभावका कारण केहि समस्या भएको समितिका अध्यक्ष शाक्यले बताए । 

हालसम्म काष्ठमण्डपमा ५ हजार क्यूफिट काठ उपभोग भइसकेको छ । अझै १० हजार क्यूफिट भन्दा धेरै काठ आवश्यक पर्ने समितिले बताएको छ । आवश्यक काठहरु तराई क्षेत्रबाट ल्याउन प्रक्रिया भने चलिरहेको समितिले बताएको छ । 

सातौं शताब्दीमा निर्माण भएको मानिएको काष्ठमण्डप २०७२ को भूकम्पले क्षति पुगेपछि यस वर्षदेखि उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *