मौसमः बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभावले हिमपातसहित चिसो बढ्ने

कात्तिक ८, काठमाडौँ । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको पूर्वी तथा मध्य भू–भागको मौसममा आंसिकदेखि सामान्य बदलि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

पूर्वी उच्च हिमालि भू–भागमा हल्का हिमपातको संभावना रहेकोले सामान्य सतर्कता अपनाउनहुन विभागले स्थानीयलाई आग्रहपनि गरेको छ ।   

हाल देशको पूर्वी तथा मध्य भू–भागमा आंसिकदेखि सामान्य बदलि र पश्चिमी भू–भागमा आंसिक बदलीदेखि सामान्यतया सफा रहेको छ । 

null

आज दिउँसो देशका मध्य तथा पूर्वी भू–भागमा आंसिकदेखि सामान्य बदली रहने तथा पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ ।   

पूर्वी भेगका थोरै स्थानहरूमा साथै मध्य पहाडी भुभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी उच्च हिमालि भूभाभागमा हल्का हिमपातको संभावना रहेको छ। 

आज रातिभने देशका मध्य तथा पूर्वी भू–भागमा आंसिकदेखि सामान्य बदली रहने तथा पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी भेगका एकदुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *