सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा भोजपुरको हेलौंछामा
असोज ९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा १०२ औँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।
देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखाहरुको सञ्जाल बढाउँदै आएको सिटिजन्स बैंकले भोजपुरको हेलौँछामा शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो ।
सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंक बहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णु कुमार भुजेलले दिप प्रज्वलन गरी संयुक्त रुपमा गरे ।
उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटर सन्तोष कट्वाललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकको लक्ष्य छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख उमंग शर्माले जानकारी दिए ।