सर्वोच्चको फैसलाले भरतपुरका जनताको अपमान भएको एमालेको भनाई

नेकपा एमालेले भरतपुर महानगरपालिका १९ नम्बर वडामा पुनः मतदान गर्ने सर्वौच्चको फैसलाले जनताको अपमान भएको बताएको छ ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा हिजो सर्वोच्च अदालतद्वारा जारी फैसलाको बारेमा विशेष प्रस्ताव पारित गरेको छ ।

एमालेले सर्वोच्च अदालतले भरतपुरमा सुनियोजित ढंगले मतपत्र च्यातिएको तर मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् भएको एमालेको ठहर छ ।

यसबाट जनताको अभिमतको अपमान हुनुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको एमालेको ठहर छ ।

‘आफू निर्वाचन हार्ने निश्चित भइसकेपछि सुनियोजित ढंगले मतपत्र च्यातेको घटनाले प्रचलित कानून, लोकतान्त्रिक मूल्य र निर्वाचनका सर्वस्वीकार्य मान्यतालाई उपहास गरेको र स्वतन्त्र एवम् स्वच्छ निर्वाचनका पक्षधरहरुलाई आक्रोशित तुल्याएको छ’ एमाले सचिव योगेश भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमालेले भरतपुर महानगरपालिका वडा नं. १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै एमाले उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाई न्याय दिने विश्वास रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *