वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न प्रतिवद्ध: विश्वकर्मा

इटहरी, साउन १६ । वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने बताउनुभएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका २० को तरहरामा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश नं १ मा उत्पादन हुने वस्तुलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्ने वचनवद्धता पनि प्रकट गर्नुभयो ।

पूर्वी नेपालमा उत्पादन हुने अदुवा, रुद्राक्ष, अलैँची, अदुवा, अकबरे चिया, कफी र दूध जस्ता वस्तुको प्रशोधन र स्तरवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । करदाताको सम्मान गर्ने परम्परा बसाल्न मन्त्रालयले नीति ल्याउन लागेको र करदाता सम्मान कार्ड वितरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्री विश्वकर्माले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी तुल्याउन योगदान पु¥याएका व्यक्तिहरुलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *