विश्व स्वास्थ्य संगठनले गर्‍यो ‘कोभिड-१९’लाई विश्वव्यापी महामारी घोषणा

फागुन २९, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड-१९)लाई विश्वव्यापी महामारी घोषणा गरेको छ । तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि संगठनले विश्वव्यापी महामारी घोषणा गरेको हो । 

बुधबार पत्रकार सम्मेलनमार्फत् डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको गरे । उनले भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए । 

गत दुई हप्तामैं चीनबाहिर संक्रमितको संख्या १३ गुणाले बढेपछि यो समस्याले निकै डरलाग्दो रुप लिएको उनले बताए । कुनै रोग धेरै देशमा एकैचोटी तीव्ररुपमा फैलिएपछि महामारीको चरणमा प्रवेश गरेको मानिन्छ । 

कोरोना भाइरसका कारण १ लाख १० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने करिब ४ हजार मानिसको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी चीनियाँ छन् भने इटली दोस्रो स्थानमा छ । इटलीले महामारी घोषणा गर्दै करिब ६ करोड जनतालाई घरभित्रै रहन निर्देशन दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *