कलवाइपासको आरोपमा पाँच पक्राउ

बनेपा , साउन १६ ।

अवैध कलवाइपास गरेको आरोपमा काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित गोदामचोकबाट आज पाँच युवक पक्राउ परेका छन् ।

लामो समयको अनुसन्धानपछि पक्राउ परेका उनीहरुको नाम, थर र ठेगानाबाट अनुसन्धान प्रभावित हुन सक्ने भन्दै गोप्य राखिएको छ ।   प्रहरी नायब उपरीक्षक नविनराज राईले कल वाइपासमा पक्राउ परेको पुष्टि गर्दै त्यसमा ठूलो गिरोह संलग्न भएको आशंका गरे । उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *