विराटनगरमा ‘म्युजिकल फेस्ट २०७५’ हु्ँदै

विराटनगर, कात्तिक ११ । विराटनगरमा आगामी कात्तिक २७ गते ‘म्युजिकल फेस्ट २०७५’ हुने भएको छ । ३ पटक सम्म सफलता पूर्वक आयोजना भइसकेको ‘म्युजिकल फेस्ट’ को चाैँथाे संस्करण द ग्रिन लिफ ब्याण्ड र विराट फ्रेण्डस् क्लबको आयोजनामा हुने भएको हो । 

‘म्युजिकल फेस्ट’ मा राष्ट्रिय कलाकार तथा चर्चित यार्पर आशिष राना (लाहुरे) तथा द स्मृति व्याण्ड, द ग्रिन ग्रिन लिफ व्याण्ड, गरिमा डान्स सेन्टर धरानका कलाकारहरुको प्रस्तुती रहने विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । 

विराटनगर– १ शान्तिचौकमा जिल्ला प्रहरी कार्यालय मोरङको नजिकै रहेको खुल्ला मैदानमा हुने सो म्युजिक फेस्टमा प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ । दशैँ तिहार र छठ जस्ता चाडपर्वको समय पारेर आयोजना गरिँदै आएको म्युजिकल फेस्टले सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा रहेको कार्यक्रम व्यवस्थापक तथा संयोजक सन्तोष महत (स्यान्ट्रो) ले बताए । 

null

उनले कार्यक्रमको अनुमानित लागत ५ लाख रहेको बताउँदै विराटनगरमा फ्रि कन्सर्ट गर्नु चुनौतीपूर्ण रहेको बताए । कार्यक्रम कात्तिक २७ गते मंगलबार बेलुका ५ बजेदेखि १० बजेसम्म हुनेछ । म्युजिकल फेस्टको गएको संस्करणमा पनि सुगम पोखरेल लगायतका अन्य राष्ट्रिय कलाकारहरुले बेजोड नृत्य तथा सांगितिक प्रस्तुती दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *