वीपी प्रतिष्ठानको गेट अगाडी एक ब्यक्ति मृत अवस्थामा फेला

 

असार ६, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडी एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

धरान १८ स्थित प्रतिष्ठानको गेटमा मध्यान्ह १२ बजेतिर ती ब्यक्ति मृत अवस्थामा फेला परेका हुन् । उनको साथबाट वीपी प्रतिष्ठानको ओपिडी कार्ड समेत भेटिएको प्रहरीले जनाएको छ । 

null

भक्तबहादुर पौडेल (४७ बर्ष) भनेर लेखिएको उक्त कार्ड उनकै हुन सक्ने प्रहरीको अनुमान छ । कार्डमा उनको ठेगाना सिराहा सिरहा १ उल्लेख गरिएको छ । इलाका प्रहरी कार्यालय धरानले कार्डमा भएको कागजमा उनको छोरा युकेश खत्री (केसी) उल्लेख गरिएको छ । 

अहिले मृतकको लाश प्रतिष्ठानको शव गृहमा राखिएको छ । इप्रका धरानले सिरहा प्रहरीलाई हुलियासहित परिवार, आफन्तजनलाई सम्पर्क गर्न पत्राचार गरेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *