बुटवलमा मृत्यु भएका युवकमा कोरोना देखिएन

चैत १७, बुटवल। बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइतबार मृत्यु भएका युवामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। 

मृत्यु भएपछि उनको स्वाव परीक्षणका लागि टेकु पठाइएको थियो। दुवईबाट चैत ६ गते नेपाल आएका पाल्पा रिब्दीकोटका बाबुराम थापा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए। उनको तीन दिनपछि आइतबार मृत्यु भएको थियो। 

दुबईमा टयाक्सी चालकका रूपमा कार्यरत थापालाई घर आएकै दिनदेखि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो। स्थानीय मेडिकलमा उपचार गरेपछि पनि श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुन आएको अस्पतालका सूचना अधिकारी डा. गौतमले जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *