कस्तो रहला आगामी तीन दिनको मौसम ?
फागुन ५, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका एक दुई ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभए पनि पहाडी क्षेत्रका एक दुई ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको हो ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०५ गते (सोमबार)
null
दिउँसोः देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी र मध्यका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिः देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फागुन ०६ गते (मंगलबार)
दिउँसोः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातिः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी र मध्यका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फागुन ०७ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।