सर्वदलीय बैठक : कोरोना रोकथाम र नियन्त्रणमा सरकारको यस्तो छ रणनीति

फागुन २९, काठमाडौँ । विश्वभर माहामारीको रुपमा फैलिएको नोभल कोरोनाभाइरस (कोभिड –१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले विशेषगरी चार खाले रणनीति अवलम्वन गर्ने निर्णय गरेको छ ।   

बुधबार नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्रीको इश्वर पोखरेलको संयजकत्वमा  बसेको सर्वदलीय बैठकमा सरकारको यी खाले रणनीतिका बारेमा जानकारी दिइएको थियो ।   

बैठकमा पूर्व प्रधानमन्त्रीहरु, उच्चस्तरीय समन्वय समितिका सदस्य रहेका मन्त्रीहरु, संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका अध्यक्ष तथा बरिष्ठ प्रतिनिधिहरुको उपस्थितीमा सर्वदलिय बैठक बसेको हो ।   

सरकारले उक्त संक्रमणविरुद्ध  उच्च सतर्कता अपनाउँदै मुख्यगरि चार रणनीति र त्यस अन्तरगत सञ्चालित सम्पादित कृयाकलापसहितको विस्तृत कार्ययोजना प्रस्तुत गरिएको थियो । 

कोरोना रोकथाम र नियन्त्रणमा सरकारको यस्तो छ रणनीति   

१. सरकारले आम नागरिकहरुलाई विश्वसनीय ढंगबाट स्वास्थय सेवा प्रवाह गर्ने । 

२. संक्रमणलाई प्रवेश हुनै नदिने व्यवस्था मिलाउने । 

३.नागरिकहरुमा सचेतना अभिवृद्धि गर्ने, निगरानी र क्वारेन्टाईनको स्थितिलाई अझै सुदृढ बनाउने । 

४. विरामीको उपचार तथा व्यवस्थापनलाई प्रभावकारी तुल्याउने ।   

सरकारले अघि सारेको उत्त रणनीति र कार्यक्रमलाई बैठकमा सहभागीहरुले सह्राना गर्दै थप केही सुझावसहित दलहरुको तर्फबाट सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारले बैठकमा आएका सुझावहरुको आधारमा कार्ययोजनालाई परिमार्जन प्रभावकारी कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको छ । 

बैठकमा समिति संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकभित्र आपतविपतको समयमा सबै राजनीतिक दल एवम् सरोकार पक्षहरुले एकताबद्ध भएर उच्च मनोबलका साथ काम गर्न र राष्ट्रिय एकता प्रदर्शन गर्ने नेपाली संस्कृति र परम्परालाई कायम राख्दै अघि बढ्न सवै पक्षलाई आव्हान गरेका छन् । 

बैठकले आम नागरिकलाई सम्भावित संक्रमणको जोखिमको अवस्थामा स्वास्थ्यप्रति सचेत रहन अपिलसमेत गरेको छ । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी हुने जनहितका सूचनाहरुलाई विशेष ध्यानमा राख्न पनि अनुरोध गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *