जब स्वास्थ्य मन्त्रीले दिए २४ घण्टे अल्टिमेटम


साउन १६, काठमाडौँ । उपत्यका भित्रका अस्पताल र स्वास्थ्य संस्थाको वस्तुस्थिति बुझ्न नवनियुक्त स्वास्थ्य मन्त्री गिरीराजमणी पोखरेलले २४ घण्टे अल्टिमेटम दिएका छन् । मन्त्री पोखरेलले मन्त्रालय मातहतका सम्बन्धित मातहतहरुलाई २४ घण्टा भित्र उपत्यकाको अस्पताल तथा स्वास्थ्य क्षेत्रका बस्तु स्थिति पेस गर्न कडा निर्देशन दिएका हुन् ।

उच्च स्तरिय बैठकमा मन्त्री पोखरेलले दिनभरिमा उपत्यकाको केन्द्रीय अस्पतालहरू तथा मातहतका स्वास्थ्य संस्थाहरूको अवस्था बुझेर रिपोर्ट पेस गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ । उपत्यकाका तीनै जिल्लाका अस्पतालहरुमा डाक्टर नर्स लगायत अन्य जनशक्ति, आवश्यक उपकरण, औषधि तथा भौतिक पूर्वाधारको अवस्था लगायत विषयमा उपलब्ध गराउन मन्त्री पोखरेलले मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । मन्त्रीको २४ घण्टे अल्टिमेटम पछि मन्त्रालयका कर्मचारी र सचिबहरुलाई हत्ते परेको छ ।

उच्चस्तरीय बैठकमा देशैभरका जनस्वास्थ्य कार्यलयहरुमातहत रहेका स्वास्थ्य संस्थाहरूको रिपोर्टका लागि दुइदिन भित्र उपलब्ध गराउन निर्देशन दिइएको छ । स्वास्थ्यमन्त्रीको दिर्नेशनसँगै मन्त्रालयका सचिबहरु उपत्यका दौडाहामा छन् । भक्तपुरमा डाक्टर दिपेन्द्र रमणसिँह (सहसचिव)को नेतृत्वमा अुनुगमन तथा मुल्यकंन गर्न खटिएका छन् । उनी महाशाखा प्रमुख समेत हुन् । उनको नेतृत्वमा त्यस क्षेत्रमा अनुगमन गर्न चार सदस्य टोली खटिएको मन्त्रालय श्रोतले जनाएको छ । त्यस्तै ललितपुरमा डा. विनोद मान श्रेष्ठको नेतृत्वमा टोेली खटिएको छ, जुन टोलीले पाटन अस्पताल लगायत जिल्ला जनस्वास्थ्य कार्यलयका रिपोर्ट सङ्कलन गरेका जनाएको छ ।

यसै गरी डा. पुष्पा चौधरीको नेतृत्वमा चार सदस्य टोली सहित काठमाडौँका विभिन्न सरकारी अस्पतालहरुको अनुगमन भएको छ । उक्त अनुगमन तथा निरिक्षण टोलीले त्यस क्षेत्रमा बिरामीको चाप, डाक्टरको सङ्ख्या, भौतिक पूर्वाधार, आवश्यक उपकरण लगायत विषयमा सूचना सङ्कलन गरेको जनाएको छ । काठमाडौँको टोलीले वीर अस्पतालको समेत अनुगमन गरेको बताइएको छ ।
स्वास्थ्य मन्त्रीले गत साता वीर अस्पतालको १२८ औँ वार्षिकोत्सव समारोहमा अस्पतालको स्वास्थ्य सेवा खस्किएको भन्दै अस्पतालको नेतृत्व परिवर्तनकै कुरा गरेका थिए ।

 मन्त्री पोखरेलले आफ्नो कार्यकालमा गर्ने कामको प्रतिबद्धता पत्र बुधबार सार्वजनिक गर्ने भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *