विप्लव नेकपाको कार्यदिशा स्पष्ट छैनः वैद्य

 

साउन ६, जनकपुर । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको कार्यदिशा नै अलमल रहेको बताएका छन् । 

सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । विप्लव समूहले आफ्नो कार्यदिशा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । 

null

पत्रकारसँगको कुराकानीमा उनले राज्यले संविधानले सुनिश्चित गरेका विभिन्न अधिकारहरुलाई अपाङ्ग बनाएर निरिह संघीय व्यवस्था लाद्न खोजेको पनि आरोप लगाए । 

वैद्यले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न चरणमा भएको आन्दोलनको मर्म विपरित संविधान ल्याउनु दुर्भाग्यपूर्ण रहेको पनि बताए । 

आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको रगतको मूल्य चुक्ता गर्नुपर्ने बेलामा नेकपाले सत्ताको भोग विलासमा रहेर आफैँले ल्याएको विभिन्न आन्दोलनको एजेण्डा बिर्सनु भएको उनको तर्क छ । 

वर्तमान सरकार पुरानै यतास्थितिवादीको सरकार रहेको भन्दै उनले केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा कम्यूनिष्ट पार्टी नरहेको टिप्पणी गरे । 

‘कम्यूनिष्ट पार्टीको सरकार भएको भए लोकतान्त्रिक मूल्य मान्यतालाई ख्याल गर्दै अभिव्यक्ति तथा वाक् स्वतन्त्रता, राजनीतिक दल माथिको प्रतिबन्ध लगायतका गलत कार्य ओली–प्रचण्ड सरकारले गर्ने थिएन’, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *