फेरि हार्यो रियल मड्रिड, बार्सिलोनाभन्दा १० अंकले पछि पर्यो

एजेन्सी । स्पेनिस ला लिग फुटबलमा रियल मड्रिड घरेलु मैदानमा पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसंग २ – ० गोल अन्तरले पराजित भएको हो । 

सान्टियागो बेर्नाबेउमा रियललाई स्तब्ध बनाउन सोसीडाडका विलियन जोसे र रुबेन पार्डोले एक एक गोल गरे । १० खेलाडीमा सिमित बनेको रियलविरुद्ध सोसीडाडले तेस्रो मिनेटमा जोसेको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । 

खेलको ६१ औं मिनेटमा लुकास भास्केजले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटियो । जसको फाइदा सोसीडाडले उठायो । 

null

त्यसपछि खेलको ८३ औं मिनेटमा पार्डोले गोल गर्दै सोसीडाडलाई २ – ० को जित दिलाए । जितसंगै सोसीडाडले १८ खेलबाट २२ अंक जोडेको छ । र, सोसीडाड लिगको ११ औं स्थानमा उक्लिएको छ । 

पराजित रियलले भने लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । पाँचौ स्थानको रियलले ३० अंक जोडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *