स्कुल विभागको नेतृत्व गर्न सक्षम छुः नेकपा नेता भुसाल

 

साउन ९, रुपन्देही । नेकपाभित्र स्कुल विभागको प्रमुख को हुने भन्नेमा होडबाजी नै चलिरहेको छ । 

पूर्व एमालेका तर्फबाट पोखरेल र पूर्व माओवादीका तर्फबाट श्रेष्ठ र नेता घनश्याम भुसालले दाबेदारी गर्दै विभागको नेतृत्व हात पार्न पहलमा जुटिरहेका छन् । 

null

यस्तैमा नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीको स्कुल विभागका लागि आफू योग्य भएको दाबी गरेका छन् । 

लुम्बिनी प्रेस क्लबले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्कुल विभाग सम्हाल्न आफू सक्षम रहेको दाबी गरेका हुन् । 

उनले भने, ‘विभागले माक्र्सवाद, समाज, समाजको अर्थराजनीति पढाउने काम गर्छ । त्यो काम मैँले नै गर्दै आएको छु । त्यसैले स्कुल विभागमा मेरो दाबी रहनु स्वाभाविक हो । पार्टीको नवौँ महाधिवेशनपछि स्कुल विभागमा दाबी पनि गर्दै आएको छु । तर पार्टीभित्रको चरम गुटबन्दीका कारण यसको नेतृत्व मैँले पाउन सकिरहेको छैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *