चितवनको कालिका नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा आगजनी
मकालु खबर
२०७६ भदौ ९ गते
भदौ ९, चितवन । चितवनको कालिका नगरपालिका वडा नं ७ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आगलागी बाट कार्यालयमा सामान्य क्षति भएको छ । कालिका ७ का वडा अध्यक्ष डिल्लीराम दुवाडीले कसले र के कारणले आगजनी गरेको भन्ने थाहा हुन नसकेको बताए ।
आइतबार राति आगजनी गरेको भएपनि स्थनीयले बिहान मात्र थाहा पाएर प्रहरीलाई खबर गरेका हुन् । करिब एक महिनाअघि कालिका नगरपालिका वडा नम्बर ३ को कार्यालयमा पनि अज्ञात समूहले आगजनी गरिएको थियो ।
बिहीबार राति राप्ती ११ तथा शनिबार राति रत्ननगर १२ को वडा कार्यालयमा आगजनि गरिएको थियो ।
मकालु खबर
२०७६ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित