महालक्ष्मी विकास बैंकद्वारा ५० लाख सहयोग

चैत्र २६, काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।   

बैकले संघीय सरकारलाई रु. १२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु.४ लाखका दरले रु.२८ लाख र विभिन्न स्थानीय क्षेत्रहरुमा रु.१० लाख सहयोग गर्ने भएको हो ।   

उक्त सहयोग केन्द्री«य सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानीय तहहरुमा शाखाहरुसँग समन्वय गरी वितरण गरिने बैंकले जनाएको छ ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *