२ गाविस सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 

जेठ ३१, काठमाडौं । रौतहटका तत्कालीन दुई जना गाविस सचिव र एक प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको साविक भसेढवा गाविसका सचिवहरु जवाहरलाल झाविरुद्ध ८ लाख ८१ हजार ३ सय ८५, जयचन्द्र जयसवालविरुद्ध २ लाख ७१ हजार ८ सय ७५ र प्राविधिक सहायक अखलेन्द्रकुमार यादवविरुद्ध ३३ लाख २४ हजार ३ सय ९१ रुपैयाँ हिनामिना गरेकाे आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

null

उनीहरुले साविक भसेढवा गाविसको चालु तथा पुँजीगत खर्च हिनामिना गरेको अख्तियारले जनाएको छ । 

भ्रष्टाचार गरेको आरोप लागेका ३ जनाले सामाजिक सुरक्षा भत्तावापत वितरण गर्नुपर्ने रकम आफैँले बुझिलिएको, सरकारी बजेट रकम खर्च गर्दा न्यूनतम रूपमा अवलम्बन गर्नुपर्ने विधि अवलम्बन नगरेको, खर्चको पुष्ट्याई हुन नसकेको, विल भरपाईको प्रमाणिकता पुष्टि हुन नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *