गोन्द्राङको ढाट स्थानान्तरण गर्ने सहमती

चितवन, ६ जेष्ठ । चितवन भरतपुरको गोन्द्राङमा रहेको सडक दस्तुर संकलन केन्द्र ( ढाट ) लाई जिल्लाकै राप्ती नगरपालिकामा स्थानान्तरण गर्न सिफारीस गर्ने निर्णय भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतको संयोजकत्वमा वसेको सर्वपक्षिय वैठकले गोन्द्राङको ढाट राप्ती नगरपालिका ४ डडुवामा स्थानान्तरणका लागि सिफारीस गर्ने सहमती भएको हो । 

 

एउटै जिल्ला भएरपनि सदरमुकाम सम्म काम गरेर फर्कदा शुल्क तिर्नु पर्ने वाध्यता रहेको भन्दै पूर्वी चितवनवासीहरुले गुनासो गर्दै आएका थिए । सो ढाट स्थानान्तरण गर्न माग गर्दै पूर्वी चितवनका उद्योगी व्यवसायीहरुले प्रजिअलाई माग पत्र वुझाएको दुई दिन पछि ढाटमा आगजनी समेत भएको थियो । सो क्रममा प्रहरी सहायक निरीक्षक कल्पना खड्कालाई आगोले पोलेर घाईते भएकी छिन् । उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । 

null

सोही घटनाको विषयलाई लिएर प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीसहित केपी लामिछाने र खिलप्रसाद घिमिरेलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वस्नेतका अनुसार वैठकले घटनाको निन्दा गर्दै वास्तविक दोषी पत्ता लगाई कारवाही गर्ने,अघिल्लो ठेकेदारहरुसंग सेवा सुविधाका विषयमा भएको सहमतीलाई निरन्तरता दिने ,प्रहरी सहायक निरीक्षक खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीबाटै सम्पुर्ण उपचार खर्च भराउने सहमती भएको छ । 

वैठकमा प्रदेश साँसदहरु, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी,जिल्लाका स्थानीय तहका मेयरहरु,जिल्लाका राजनितिक दलका नेताहरु,चितवन प्रहरी प्रमुख शुशिलसिंह राठौर लगायत सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *