ग्रेस इन्टरनेशनल मार्फत अस्ट्रेलियामा गएका विद्यार्थीलाई १५ दिनको भाडा दिइने

चैत्र १५, काठमाडौं । ग्रेस इन्टरनेशनलले अस्ट्रेलियामा रहेका विद्यार्थीलाई सहयोग गर्न थालेको छ । नेपालबाट उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका विद्यार्थी समेत प्रभावित भएपछि उनीहरुलाई राहत प्रदान गर्ने भएको छ ।   

ग्रेस इन्टरनेशनल नेपालका म्यानेजिङ डाइरेक्टर एन्ड्रयु पौडेलले आफ्नो कन्सल्टेन्सी मार्फत फेब्रुअरी र मार्च इन्टेकमा उच्च शिक्षाका लागि अस्ट्रेलियामा गएका विद्यार्थीलाई १५ दिन बराबरको भाडा दिने निर्णय गरेको छ ।   

‘कोरोनाले विश्वभरका विद्यार्थी प्रभावित भएको अवस्थामा अस्ट्रेलिया गएका नेपाली विद्यार्थी पनि प्रभावित नहुने कुरै हुँदैन । हामीले फेब्रुअरी र मार्च इन्टेकमा अस्ट्रेलिया गएका विद्यार्थीलाई १४ दिन बराबरको भाडा दिने निर्णय गरेका हौं ।’ उनले भने ।   

हाल सेल्फ क्वारेन्टाइनमा रहेका नेपाली विद्यार्थीहरुलाई ग्रेस इन्टरनेशनलको अस्ट्रेलियाको सिड्नी र एडिलेडस्थित कार्यालयको समन्वयमा राहत प्रदान गर्ने छ ।   

राहत प्राप्त गर्न विद्यार्थीले ग्रेसका कार्यालयहरुमा सम्पर्क गर्न सक्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *