कोरोना भाइरसका बिरामीलाई मृत्युदण्डको सजाय
मकालु खबर
२०७६ फागुन ५ गते
फागुन ५, काठमाडौँ । कोरोना भाइरसका एक अधिकारीलार्ई उत्तर कोरियामा मृत्युदण्ड दिएको खबर सार्वजनिक भएको छ ।
उत्तर कोरियाली नेता किम जोङ्ग ऊनले चीनबाट फर्किएकाहरु र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राख्ने आदेश दिएका थिए ।
नेता किम जोङ्गको बिना अनुमती उक्त क्वारेन्टाइनबाट कोही पनी बाहिर निस्कन पाउँदैनन् । तर उनले आदेशको पालना नगरी सार्वजनिक स्थानमा नुहाउन निस्केपछी उक्त घातक रोग अरुलाई सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको भन्दै उनलाई मृत्युदण्ड दिईएको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको छ ।
चीनबाट फिर्ता आएका कोरनाबाट ग्रसित उक्त अधिकारीलाई र्फिता आएपछी क्वारेन्टाइनमा राखिएको थियो ।
मकालु खबर
२०७६ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित