जेठानलाई खुकुरी प्रहार गर्ने पक्राउ

 

जेठ १५, उदयपुर । उदयपुरमा आफ्नै जेठानलाई खुकुरी प्रहार गरी घाईते बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा बेलका नगरपालिका–६ लामीडाँडा बस्ने ४१ वर्षीय छत्र बहादुर राई रहेका छन् । छत्रलाई १ थान खुकुरी सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । 

null

उनले मंगलबार राती घरमा पारिवारिक जमघट भइरहेको बेला आफ्नै जेठान ४१ वर्षीय देविन राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएका थिए । 

घाइते देविनलाई उपचारको लागि धरान पठाईएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *