हलिउड किङ्ग खानको जिरो आजबाट प्रदर्शन

पुस ६, काठमाडौँ । बलिउड जगतमा किङ्गखानको उपनाम पाएका शाहरुख खानद्धारा अभिनित फिल्म जिरो आजबाट प्रदर्शनमा आएको छ । आनन्द एल रायले निर्देशन गरेको यस फिल्ममा लगानी भने गौरी खानको रहेको छ । 

निकै मंहगो लागतमा बनेको यो फिल्ममा शाहरुखलाई एउटा निकै भिन्न रुपमा देखाईएकाे छ यस फिल्ममा शाहरुखले एउटा एकदम होचा व्यक्तिको भूमिका निर्वाह गरेका छन् । यस फिल्ममा मुख्य भूमिका शाहरुख खान,  अनुष्का शर्मा र कट्रिना केफको रहेको छ 

 

null

रेड चिल्लिज इन्टरटेनमेन्ट तथा कलर एलो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र जिरो आज बाट विश्वव्यापी प्रदर्शनमा आएको हो । जिरोको कथा बौआ अर्थात् शाहरूख खानको वरिपरि घुमेको छ ।  उत्तर प्रदेशको एउटा प्रमुख सहर मेरठका बौआ सम्पन्न परिवारमा जन्मिएका हुन् । उनलाई कुनै कुराको दुस्ख छैन, जे भन्यो त्यही पुग्छ, तर दुस्खको कुरा उनलाई उचाइमा भाग्यले नराम्रोसँग ठगेको छ । बौआ ३८ वर्षका भैसकेका छन् । तैपनि उनले आफ्ना लागि योग्य वधू फेला पार्न सकेका छैनन् । यद्यपि उनी हिम्मत हार्दैनन्, प्रयास गरिरहन्छन् । अन्ततस् आफिया (अनुष्का शर्मा) प्रति उनको नजर जान्छ । आफिया नासाकी वैज्ञानिक हुन् । 

यात्राकै क्रममा बौआको भेट बबिता (कटरिना कैफ) सँग पनि हुन्छ । बबिता भने चलचित्र स्टार हुन । यी दुई महिलासँगको भेटपछि बौआको जीवनले अर्कै मोड लिन्छ । यस फिल्ममा सलमान खानलाई पनि देख्न पाईनेछ । बुकिङका हिसाबले यस फिल्मले नेपालमा अधिकांश सो पाएको छ। मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्समा फिल्मले आज मात्र २६ सो पाएको छ। फिल्मले लबिममा ६, सिभिलमा ६, छायाँमा ६, कुमारीमा ५ र जय नेपालमा ३ सो पाएको छ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *