राप्रपालाई पहिलो पार्टी बनाउने दावी गर्दै कमल थापाले भनेः अब हिन्दू राष्ट्रको मुद्दा चर्काउँछौँ

 

मंसिर २५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई कमजोर बनाउन खाेजेकाे अाराेप लगाएका छन् । 

मकवानपुरको हेटौँडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका अध्यक्ष थापाले राप्रपालाई कमजोर पार्न खाेजेकाे आरोप लगाउँदै राप्रपा कमजोर नभएको दावी गरे । 

null

‘राप्रपा कमजोर होइन, अझै बलियो भएको छ । अब एकताको बाटोबाट अगाडि बढ्छौँ’, थापाले भने, ‘आउँदो निर्वाचनमा पहिलो पार्टी बन्छ ।’ 

गृहजिल्ला पुगेका थापाले उनले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका एजेण्डालाई अब पार्टीले प्रमुख मुद्दा बनाएर अगाडि बढ्ने तथा हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दा चर्काउने बताए । 

फरक प्रसङ्गमा उनले कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्याउने क्रियाकलाप गर्न नहुने भन्दै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *