पीपीएलः पारसकाे टीम चितवन विजयी, काठमाडौँ १३ रनले पराजित

कात्तिक १५, काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोज विजयी भएको छ । 

पोखरा रंगशालामा भएको बिहीबारको पहिलो खेलमा काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गर्दै कप्तान पारस खड्काको टिम विजयी भएको हो । 

१५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो । 

null

काठमाडौंका लागि गौरभ टोमरले ३९, कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ र जयक्रिसन कोल्सवालाले १८ रन बनाए । अन्तिम ५ ओभरमा ४ विकेट गुमाएपछि काठमाडौंले हार्यो । 

बलिङतर्फ चितवनका लागि करण केसीले ३ र कप्तान पारसले २ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ रोजेको पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजका लागि हरिशंकर शाहले अर्धशतक बनाए । उनले ४९ बलमा ६० रन बनाए । सातौं ओभरमा ५४ रन बनाएको अवस्थामा अनिल २७ रनको व्यक्तिगत स्कोरमा आउट भए । 

त्यस्तै पारस १४ रन बनाए । भारतीय ब्याट्सम्यान स्मित पटेलले उनले एक छक्का र तीन चौकासहित २४ बलमा ३१ रन बनाए । त्यस्तै १३ रन बनाए । 

बलिङमा काठमाडौंका बसन्त रेग्मीले २ तथा नन्दन यादव र पवन सर्राफले १–१ विकेट लिए। 

जितपछि चितवनको पनि ४ खेलबाट ४ अंक भएको छ । यसअघि पहिलो र दोस्रो खेलमा चितवनले लगातार हार ब्यहोरेको थियो भने तेस्रो खेलमा र चौथो खेलमा जित निकाल्दै उपाधि होडलाई कायमै राखेको हो । यता, पहिलो पटक हार ब्यहोरेको काठमाडौं रोयल्सको पनि उपाधि होड कायमै रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *