चिसियो काठमाडौं, चन्द्रागिरीमा हिउँ पर्यो

पुस १९, काठमाडौं । राजधानी आसपासको प्रमुख पर्यटकीय स्थल चन्द्रागिरीमा हिउँ परेको छ । हिजोदेखि परेको वर्षापछि अहिले चन्द्रागिरी आसपासमा हिउँपरेको हो ।   

शनिबार चन्द्रागिरीमा हिउँ खेल्न जानेहरु रमाईरहेका छन् । हिउँले चिन्द्रागिरी डाँडा र चन्द्रागिरी हिल्स ढकमक्क छ ।  

  

बालबालिका देखि युवायुवतिहरु हिउँको मज्जा लिन चन्द्रागिरी पुगेका छन् । दुई दिन यता उपत्यकामा एक्कासी चिसो बढेको छ । हिजोदेखि परेको सिमसिम वर्षाले राजधानीमा चिसो बढाएको छ ।   

चिसोले राजधानीको जनजिवन प्रभावित भएको छ । शनिबार सडकमा मोटरसाइकलहरु कम चलेका छन् । 

शनिबार विहानपनि घाम खासै लागेन । अपरान्हपछि चिसो बढेसँगै चन्द्रागिरी, फुलचौकी आसपासमा हिउँ परेको छ ।   

मौसम विभागले आगामी केहि दिन मुलकभर अत्याधिक चिसो बढ्ने अनुमान गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *