कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी विदेशमन्त्री आङसाङ सूकी नेपाल आउँदै

मंसिर १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बिहीबार कम्बोडियाका प्रधानमन्त्री समादेक अका मोहा सेना पादेई टेको हुन सेन नेपाल आउँदै छन् । 

नेपालको पहिलो औपचारिक सदभाव भ्रमणमा कम्बोडियाका प्रधानमन्त्री नेपाल आउन लागेका हुन्। 

उनीसँगै म्यानमारकी विदेशमन्त्री तथा राज्य परिषद् प्रमुख आङ साङ सूकी पनि बिहीबार नै नेपाल आउन लागेकी छिन् । उनको पनि यो औपचारिक सद्भाव भ्रमण हो । 

null

नेपाल भ्रमणका क्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेन र म्यानमारकी विदेशमन्त्री सूकीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतसँग द्वीपक्षीय सम्बन्ध तथा साझेदारीका विषयमा छलफल गर्नेछन् । 

छलफलका क्रममा नेपाल कम्बोडिया सिधा हवाई उडानसम्बन्धी सम्झौता हुन सक्ने बताइएको छ । 

नेपाल भ्रमणका क्रममा कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी विदेशमन्त्री सूकी युनिभर्सल पिस फेडरेसनले आयोजना गर्ने एसिया प्यासिफिक समिटमा सहभागी हुने मन्त्रालयले जनाएको छ । 

हुन सेन आइक्यापका संस्थापक मध्येका एक भएकोले कार्यक्रममा सहभागी हुन आउन लागेको परराष्ट्र मन्त्रालयले बतायो । 

प्यासिफिक समिटको सहआयोजकमा इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टेरियन्स फर पिस र इन्टरनेसनल कन्फ्रेन्स् अफ एसियन पोलिटिकल पार्टी (आइक्याप) रहेका छन्। आइक्यापमा नेपालको तर्फबाट झलनाथ खनाल र सुजाता कोइराला स्थायी कमिटी सदस्य छन्। 

समिटमा फिलिपिन्सकी उपराष्ट्रपति लेनी रोबर्टोसमेत सहभागी हुँदै छिन्। उनी आज नेपाल आउँदै छिन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *