धोविखोलाकाे किनारमा भेटियो पोको पारेको अवस्थामा शिशुको शव
मकालु खबर
२०७६ माघ ९ गते
माघ ९, काठमाडौं । बिहिबार बिहान काठमाडौँ चाबहिलस्थित धोविखोलाको किनारमा एक नवजात शिशुको शव कपडा र कागजमा पोको पारेर फ्यालिएको अवस्थामा फेला परेको छ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार आन्दाजी ६र७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो ।
उनले भने ‘कानूनी प्रक्रिया पूरा गरेर अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ । ’
घटनाको थप अनुसन्धान भइहरेको प्रहरीले जानकारी दिएको छ।
मकालु खबर
२०७६ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित