माइक्रोसफ्ट सञ्चालक समितिबाट बिल गेट्सले दिए राजीनामा
चैत्र १, काठमाडौं । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले सञ्चालक समितिबाट राजीनामा दिएका छन् । उनले परोकारी काम गर्न उक्त कम्पनीको सञ्चालक समितिबाट बाहिरिने घोषणा गरेका हुन् ।
६५ वर्षका बिल गेट्सले विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तन नियन्त्रण गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित गर्ने इच्छा भएको बताए।
उनी संसारका दोस्रा सर्वाधिक धनी व्यक्ति हुन् ।
उनी अर्का धनाढ्य व्यापारी तथा परोपकारी वारन बफेटको विशाल होल्डिङ कम्पनी बाक्शर ह्याथवेको सञ्चालक समितिबाट पनि अलग्गिएका छन्।
गेट्स सन् २००८ देखि नै माइक्रोसफ्टमा दैनिक काम गर्ने भूमिकामा थिएनन्।
माइक्रोसफ्टको सञ्चालक समितिमा नबस्ने घोषणा गर्दै गेट्सले उक्त कम्पनी आफ्नो जीवनको महत्त्वपूर्ण अङ्ग भएको र आफूले कम्पनीको नेतृत्व तहसँग निरन्तर सहकार्य गर्ने बताएका छन् ।
विश्वकै धनी कसरी बने गेट्स ?
फोर्ब्स म्यागजीनले गेट्सलाई संसारका दोस्रा धनी व्यक्तिका रूपमा सूचीकृत गरेको छ। उनको सम्पत्ति १०३.६ अर्ब डलरबराबर भएको फाब्र्सको मूल्याङ्कन छ।
एमेजन कम्पनीका मालिक जेफ बेजोस फोर्ब्स म्यागजीनले बनाएको धनाढ्यहरूको सूचीमा शीर्ष स्थानमा छन्।
गेट्स कम्प्युटरमा प्रयोग हुने सफ्टवेअरको विकास र व्यापारबाट धनी भएका हुन्।