बलिउड स्टार ऋतिकको जन्मदिनमा उनका पूर्वपत्नीले किन लेखिन भावुक मेसेज ?
पुस २७ । बलिउड अभिनेता ऋतिक रोशनको ४५ औं जन्मदिनको मौकामा पूर्वपत्नी सुजेन खानले निकै भावुक मेसेज पोष्ट गरेकी छिन् । उनले ऋतिक र बच्चासँगका केही तस्बिर सेयर गर्दै उनलाई सोलमेटको संज्ञा दिएकी छिन् ।
सुजेनले लेखिन्, ‘सबैभन्दा राम्रा साथी’
null
सुजेन खानले आफ्नो पोष्टमा ऋतिक रोशनलाई आफ्नो सधैंको राम्रो साथी र सबैभन्दा प्यारो बताएकी छिन् । उनले आफ्नो पोष्टमा लेखिन्, ‘संसारमा मेरा सबैभन्दा राम्रा साथीलाई जन्मदिनको अनगिन्ती शुभकामना । यो शक्ति सधैं तिमीसँग रहनेछ ।’ सुजेन खानको यो पोष्टलाई उनका र ऋतिकका प्रशंसकले निकै रुचाइरहेका छन् । तर कतिले भने नकारात्मक टिप्पणी पनि गरेका छन् ।
अर्चना नामकी एक इन्स्टाग्राम प्रयोगकर्ताले लेखेकी छिन्, ‘आफ्नो सोलमेटलाई किन डिभोर्स गर्यौ ? नक्कल पार्न छोड ।’
१४ वर्षको वैवाहिक सम्बन्ध तोडेः
ऋतिक र सुजेनले सन् २००० मा विवाह गरेका थिए । तर केही समयपछि दुईबीच दुरी बढ्न थाल्यो । अन्ततः सन् २०१४ मा उनीहरुले छुट्टिने निर्णय गर्दै सम्बन्धविच्छेद गरे ।
पुनः नजिक भए ऋतिक–सुजेनः
सम्बन्धविच्छेद भएको केही समयपछि ऋतिक रोशन र सुजेन खान पुनः नजिक हुनथाले । उनीहरुलाई धेरैजसो बच्चासँग छुट्टी मनाइरहेको देख्न सकिन्छ । केही समयअघि ऋतिक र सुजेनको पुनः विवाह हुने चर्चा चलेको थियो तर पछि दबैले यस्तो हुन नसक्ने बताए । एजेन्सी