दिल्ली हिंसाः विद्यार्थीले न पढ्न पाए न परीक्षा दिन

फागुन १५, काठमाडौं । दिल्लीको उत्तर–पूर्वी हिस्सामा फैलिएको हिंसाको आगो अहिले विद्यार्थीहरुको भविष्यसम्म पुगेको छ ।  

सीबीएसई बोर्ड परीक्षा हाल दिल्ली सहित देशभरमा चलिरहेको छ । तर हिंसाका कारण बोर्डले बुधबार कक्षा १० र १२ को परीक्षा स्थगित गरेको छ । दिल्ली सरकारले पनि यी क्षेत्रहरूमा सबै स्कूलहरू बन्द गर्न आह्वान गरेको छ।  

उत्तर–पूर्वी दिल्लीको स्कूलमा पढ्ने विद्यार्थीहरुको बोर्ड परीक्षाको सेन्टर उत्तर–पूर्वी दिल्लीमा पर्छ । तर कयौँ विद्यार्थीहरु यस्ता छन् जसको हिंसाग्रस्त इलाकामा बसोबास छ र उनीहरुको परीक्षा केन्द्र उक्त इलाकाभन्दा बाहिर पर्छ ।  

यस्तो अवस्थामा विद्यार्थीको भविष्यको धरमरमा छ जसको स्कूल उत्तर–पूर्वी दिल्लीको जिल्लाभन्दा बाहिर पर्छ । बच्चाहरुको परीक्षालाई लिएर विद्यार्थी र अभिभावक दुवै चिन्तित छन् ।  

उत्तर–पूर्वी दिल्लीको जाफराबाद, भजनपुरा जस्ता इलाकामा रहने कयौँ विद्यार्थीहरु कसैले परिक्षा छोडेका छन् भने कसैले हिंसाग्रस्त इलाका बाहिर आएर परीक्षा सेन्टरसम्म जाने हिम्मत गरेका छन् ।  

दिल्लीमा भएको हिंसामा परी ज्यान गुमाउनेको संख्या ३२ पुगिसकेको छ । नागरिकतासम्बन्धी कानुनलाई लिएर उत्तर पूर्वी दिल्लीमा भइरहेको हिंसामा २७ जनाको मृत्यु भएको छ । दिल्ली सरकारले त्यस क्षेत्रमा धारा १४४ लगाएपनि चौथो दिन पनि प्रदर्शनकारीले विभिन्न ठाउँमा विरोध प्रदर्शन जारी छ ।  

प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति अपनाउन प्रदर्शनकारीसँग अपिल गरेका छन् । यसअघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले पनि हिंसाले कसैको राम्रो नहुने भन्दै शान्ति अपनाउन आग्रह गरेका थिए । 

केजरिवालले हिँसा फैलिएको क्षेत्र भजनपुर, घोँडा, यमुना विहार, जान्दबाग, करावललगायत स्थानमा अवस्था चिन्ताजनक भएको भन्दै सेना परिचालन गर्न गृहमन्त्रालयलाई आग्रह गरेका छन् । उनले सेना परिचालन गरेर सो क्षेत्रमा कर्फ्यु लगाउन आग्रह गरेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *