नेपाल vs युएई:  नेपालले २ विकेट गुमायो, उपकप्तान ज्ञानेन्द्र र बिनोद आउट

 

माघ ११, काठमाडौँ । एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो एकदिवसीय क्रिकेट खेलिरहेको छ । 

दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा बिहान ११ः१५ देखि सुरु भएको नेपाल र युएईबीचको पहिलो खेलमा टस हारेको नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ । 

null

युएईसँग एकदिवसीय क्रिकेट अन्तगर्त सुरु भएको खेलमा नेपालले सुरुवातनै खराब गरेको छ । पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई शून्यमा आउट भए । नेपालले चार ओभर खेलेर ७ रन बनाएको छ । 

अर्का ओपनर बिनोद भण्डारी १४ बल खेलेर मात्रै ५ रन जोड्दा आउट भएका छन् । 

त्यसअघि पहिलो ओभरको चौथो बलमा उपकप्तान मल्ल ४ बल खेलेर खातानै नखोलि पेभेलियन फर्किए । 

९ ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर २२ रन जोडेको छ । कप्तान खड्का १२ रन र सोमपाल कामी ४ रनमा खेलिरहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *