सरकार छाड्ने कि नछाड्ने भन्ने समाजवादी पार्टीभित्रकाे विवाद सतहमा

 

जेठ १, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार छाड्ने कि नछाड्ने भन्ने बिषयमा समाजवादी पार्टीभित्रको विवाद सतहमा आएको छ । 

प्रतिपक्षी बेञ्चमा रहेको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग एकता गरी ‘समाजवादी पार्टी, नेपाल’ गठन भएपछि सरकारमा बसिरहने कि छाड्ने भन्ने बिषयमा विवाद भएको हो । 

null

भट्टराई पक्ष सरकारबाट बाहिरिने पक्षमा छन् । भने, उपप्रधानसहित स्वास्थ्यमन्त्रीको जिम्मेवारी संहालेका समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अझै धरमरमा छन् । उनलाई केही नेताहरुले सरकार छाड्न दवाव दिदै आएका छन् । 

यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम दुई बुँदे सहमतिमार्फत् सरकारमा सामेल भएको डेढ वर्ष बितिसकेको छ । तर, फोरमको माग अनुरुप संविधान शंसोधनको प्रक्रिया बढेको छैन । यही कारण देखाउदै पुर्व संघीय समाजवादी फोरमका नेताहरुले यादवमाथी सरकार छाड्न दवाव बढाएका छन् । 

‘हामीलाई पनि सरकारमा जानुपर्ने आवश्यक्ता थिएन, राष्ट्रिय समस्या समाधानको दुई बुँदे सहमति भएपछि हामी सरकारमा गएका हौं’ एक नेताले मकालु खबरसँग भने–‘अब संविधान संशोधनको माग पुरा नभएपछि किन सरकारमा बसिरहनु ?’ एक नेताले भने । 

प्रधानमन्त्री ओलीले भने आवश्यकक्ता र औचित्यताका आधारमा संविधान संसोधन हुने बताउँदै आएका छन् । आजै प्रधानमन्त्री साता दिने भियतनाम र कंबोडिया भ्रमणबाट स्वदेश फर्किएकाले अब समाजवादीले संविधान संसोधनको कुरा प्रधानमन्त्री समक्ष उठाउने तयारी गरेको बुझिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *