कामना सेवाको ११८ औँ शाखा बुटबलमा

माघ २१,काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ११८ शाखा बुटबलमा स्थापना भएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत  बुटवल उपनगरपालिका वडा नं. ११, होराइजनचोकमा ११८ औ शाखा कार्यालयको उदघाटन गरेको छ ।   

बैंकको केन्द्रीय कार्यालय काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको छ । बैंकले देशका विभिन्न भागहरुमा विभिन शाखामार्फत सेवा प्रदान आएको  छ ।   

बैंकको यो लगायत ११८ वटा शाखा र ६२ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।  

  

यस्तै, बैंकले एबीबीएस, इन्टर्नेट बैंकिङ्, मोबाइल बैंकिङ , भी पाँचलगायतका माध्यमबाटसमेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

नयाँ शाखाको समुद्घाटन प्रदेश नं ५ का माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री श्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *