होली पूर्णिमा मेला तयारी गर्न घुम्टे युवा परिवारको तयारी तिव्र

फागुन १७, बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवारले आफनो गौरवमय ३५ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला फागुन २३ गते देखि २६ गते सम्म मनाउँदै छ ।   

मेला नजिकिँदै गर्दा तयारी पनि तिव्र पारिएको हो । मेलामा बृहत कृषि प्रदर्शनी, वडास्तरीय पुरुष भलिबल, सामुहिक लोक नृत्य, पुरुष तथा महिला रस्साकसी प्रतियोगिता आयोजना गरिएको छ ।   

मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकी, नौमती बाजासँगै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु हुँदै छन । सो अवसरमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु लोक तथा दोहोरी गायिका विमा कुमारी दुरा, विष्णु खत्री, वसन्त थापा ईश्वर सिंह, राम खत्री लगायतको सांगतिक प्रस्तुति रहने संस्थाले जनाएको छ । 

IMG_2972.jpeg

बैठकले मेलालाई सभ्य र भव्य रुपमा सफल पार्नको निमित्त विभिन्न उपसमितिहरु चयन गरेको छ । जस अन्तर्गत पिताम्बर गौतमको संयोजकत्वमा ९ सदस्यीय  कृषि मेला व्यवस्थापन समिति, जीवन साहानीको संयोजकत्वमा ५ सदस्यीय खेलकुद, राजकुमार दर्जीको संयोजकत्वमा ३ सदस्यीय सांस्कृतिक, शिव बहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय रस्साकसी व्यवस्थापन, ज्ञान बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय झाँकी तथा नौमति व्यवस्थापन, दुर्गा बहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय अतिथि सत्कार, लोक बहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय सुरक्षा परिचालन, सरोज थापाको संयोजकत्वमा ३ सदस्यीय प्रचार प्रसार, भरत केसीको संयोजकत्वमा ३ सदस्यीय साउण्ड सिष्टम व्यवस्थापन, रामचन्द्र गौतमको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार व्यवस्थापन, सन्त बहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक व्यवस्थापन, राम बहादुर थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन, दुर्गा बहादुर थापाको संयोजकत्वमा प्राथमिक उपचार र प्रकाश थापाको संयोजकत्वमा ३ सदस्यीय खाजा व्यवस्थापन समिति चयन गरिएको संस्थाले जनाएको छ ।   

संस्थाले स्थापनाकालदेखि होली पूर्णिमा मेलामा आफनो वार्षिकोत्सव मनाउदै आईरहेको छ । बैठकमा वडा स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिरु, कार्य समिति पदाधिकारीहरु, सल्लाहकारहरु, युवा वर्ग, आजीवन सदस्य, शुभेच्छुकहरु लगायतको उल्लेख्य उपस्थितिरहेको थियो ।   

बैठक घुम्टे युवा परिवार मल्म गलकोट बागलुङका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र सह सचिव प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *